Rashtriya Dainik

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रन्जीत शर्मा/ नवलपरासी,१५ कार्तिक

पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा न० ४ बड्सारमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

“बनाउ बालमैत्री गाउँपालिकाको पहिचान, चलाउ बाल संरक्षणको अभियान भन्ने मुल नाराको साथ सरावल गाउँपालिका अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

सरावल गाउँपालिका वडा नं. ४ स्तरीय बाल संजाल तथा न्यायीक सरोकार संस्था नवलपरासीको संयुक्त आयोजना तथा सरावल गाउपालिका वडा न:- ४ को कार्यालयको सहयोग एवम् सरावल गाउपालिका स्तरीय सन्वाद किशोर किशोरी संजालको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थ बाल क्लब प्रथम , स्टार बाल क्लब दोस्रो तथा जनता बाल क्लब भुझहवा तेस्रो तथा भुजहवा बाल क्लब सन्तावना स्थान प्राप्त गरेका छन।

हाजिरी जवाफ प्रतियोगितामा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल, वडा नं. ४ का वडा अध्यक्ष छोटेलाल यादवको , पत्रकार रन्जीत शर्मा लगायतको उपस्थिति रहेको कार्यक्रममा १५ समुहकाे सहभागी रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित