२५ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा आइतबार साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको बेलुकी ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो ।
उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप जटिलता आउन थालेपछि उनलाई सोही दिनदेखि कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । ती महिलाको ठेगाना खुलेको छैन भने आफन्त पनि सम्पर्कमा नरहेको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको छ । शनिवार पनि चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

