ग्यानेश्वर सहानी/नवलपरासी ,१५ कार्तिक पश्चिम् नवलपरासीको परासीमा रामग्राम जेसिसको आयोजनामा एक दिने मञ्चिय उद्घोषण तालिम सम्पन्न भएको छ । जेसिसका अध्यक्ष सन्दीप अग्रहरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर रायको प्रमुख अतिथ्यतामा भएको तालिममा रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ , वडा नं. ४ का सदस्य राजु देवान ,अनिता तिवारी लगाएतकाे उपस्थिति रहेको थियाे । तालिममा पश्चिम नवलपरासीका सातै स्थानीय तहका ३० युवाहरूको सहभागीता रहेकाे मञ्चिय उद्घोषण तालिमकाे सहजिकरण दीपक बराल तथा कार्यक्रम संयोजक मोहन पौडेलले गर्नु भएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।