Rashtriya Dainik

डीएसपी प्रदीप बस्नेतको नेतृत्वमा सबैठवाबाट १० लाख ५८ हजारको कपडा बरामद

राजन कुमार बानियाँ /पर्सा, २ असोज

पर्साको पकाहाँमैनपुर गाउँपालिका–५ सबैठवाबाट सशस्त्र प्रहरीले १० लाख ५८ हजार ५ सय ४० रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरीबाट डीएसपी प्रदीप बस्नेतको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार गाईभैंसीको भुसा राख्ने गोठमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बेवारिसे अवस्थामा फेला परेको विभिन्न किसिमका कपडाको प्रारम्भिक मूल्यांकन १० लाख ५८ हजार ५ सय ४० रुपैयाँ गरिएको छ।

बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले बरामद कपडाको मूल्य १० लाख ५८ हजार ५ सय ४० रुपैयाँ रहेको जानकारी दिए।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित