सरावलकाे जावा प्राचिन ककरपत्त नगर घोषणा

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका २ जावा प्राचिन ककरपत्त नगर घोषणा गरिएको छ।

कोलबृक्ष पर्यटन विकास संस्था सरावल २ जावाको आयोजनामा प्राचिन ककरपत्त नगर घोषणा कार्यक्रम शनिबार सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बुद्धकालिन अवशेषहरु यस क्षेत्रमा रहेको हुदा यस क्षेत्रलाई बुद्धकालिन प्राचिन ककरपत्त नगर घोषणा गर्न लागिएको बताउनु भयो ।

त्यस्तै बौद्ध ईतिहास तथा पुरातत्व क्षेत्रका अध्यक्ष डाक्टर कौशेलेन्द्र बहादुर श्रिवास्तवले यस क्षेत्रमा रहेको अरु ठाउमा नउम्रिने दुर्लभ काडेदार कोलबृक्ष अहिले सम्म पाइएको र नजिकै कमल पोखरी समेत रहेको हुदा सो स्थान ककरपत्त भएको आधार र जावा गाउ पनि दिर्घ जानुको नामले हुन सक्ने हुदा यस क्षेत्र प्राचिन कोलिय गणराज्य अन्तर्गत पर्ने बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल, कार्यपालिका सदस्य छिमा देवी राय ,आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष देवराज चौधरी,मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गाैड लगायतले काेलबृक्षकाे बिशेषता बारे बिचार राख्नुभएको थियो ।

सो कार्यक्रम सरावल गाउपालिकाको सहयोग र मिडिया एसोसिएसन नवलपरासीको समन्व्यमा सम्पन्न भएको हो । सरावल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मिडिया एसोसिएसन नवलपरासीका सदस्य हुसेन अंसारीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot