नेकपालाई ठुलो झट्का, वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश

बिकाश घिमिरे/नवलपरासी ,१५ कार्तिक

नेपाली काङ्ग्रेस पाल्हिनन्दन -१ वडा कार्यसमितिले आज एक कार्यक्रम गरि शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम समपन्न गरेको छ ।

बिजयादशमी,शुभदिपावली,मोहम्मद जयन्ती तथा छठ पर्व २०७७ को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हाे ।

वडा सभापती जगदिश सहानीको अध्यक्षता तथा पुर्व गृह राज्य मन्त्री नेपाली काङ्ग्रेस केन्द्रिय सद्स्य मा.देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमा नेकपा वडा कमिटी अध्यक्ष सहित ७५ जना काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

पाल्हिनन्दन ६ का कमिटी अध्यक्ष राजेन्द्र केवट को नेतृत्वमा ७५ जना नेता कार्यकर्ता नेकपा परित्याग गरि प्रमुख अतिथी कण्डेलबाट सदस्यता ग्रहण गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

काङ्ग्रेसका केन्द्रिय प्रभावशाली नेता समेत रहेका प्रतिनिधि सभा सदस्य कण्डेलले जिल्लामा सक्रियता बढाए सङ्गै जिल्लामा विभिन्न पाटी परित्याग गरि काङ्ग्रेस प्रवेश गर्नेको लहरनै चलेको छ। कण्डेलले यश अघि पनि जिल्लामा उल्लेखनीय रुपमा विभिन्न पाटीबाट काङ्ग्रेसमा प्रवेश गराएका छन।

कार्यक्रममा जिल्ला संगठन बिभाग प्रमुख राजेन्द्र सहानी ,लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल,केन्द्रिय जेष्ठ राजनितीज्ञ सभा सदस्य श्रीरामचन्द्र मौर्य,केन्द्रिय मुस्लिम बिभाग सदस्य तौफिक अन्सारी लगायत पार्टी नेता कार्यकर्ताको उपस्थितिमा शुभकामना आदान-प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको कण्डेलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot