२५ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्न कार्यालयले यस्तो नियम ल्याएको छ । विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ । तर, आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पुर्याउन आउनु नै पर्ने भएमा एक जनालाई मात्र प्रवेश दिइने भएको छ । अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् । विमानस्थल आउनै पर्ने यात्रुले हातमा स्यानिटाइजर लगाउने, माक्स अनिवार्य रुपमा लगाउने र सामाजिक दूरी कायम गर्नु विधिको पालना गर्नुपर्ने भएको छ । यस्तो नियम भने यात्रुका लागि समेत अनिवार्य गरिएको छ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानतर्फ माग भएबमोजिम उडान अनुमति दिइएको छ । यसले यात्रुको चाप बढेको छ । दशैं नजिकिएका कारण आन्तरिकतर्फ समेत यात्रुको चाप उत्तिकै रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।