अजय पाठक १५ कार्तिक, बाँके। कोरोना संक्रमणका कारण बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका ४ का पुरुष हुन । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचारका क्रममा कोरोना संक्रमणबाट आज बिहान ५:०० बजे मृत्यु भएको अस्पतालको श्रोतले जनाएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती व्यक्तिलाई स्वास्थ्यमा समस्या देखिए पछि कार्तिक ११ गते अस्पतालमा भर्ना भएका थिए। कोरोना संक्रमणको आशंकामा पिसिआर जाँच गर्दा उनको कार्तिक १२ गतेको पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि लगत्तै सोही दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन कक्षमा भर्ना गरि उपचार सुरु गरिएको थियो। उपचारको क्रममा कोरोना संक्रमणका कारण शनिबार बिहान ५:०० बजे उनको मृत्यु भएको अस्पतालको श्रोतले पुष्टि गरेको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।