Rashtriya Dainik

सरावल गाउँपालिकाद्धारा गरिब तथा विपन्न परिवारहरुलाई राहत हस्तान्तरण

महेश यादव /नवलपरासी ,१८ जेष्ठ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।

साेमबार परासि सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री सरावल गाउँपालिकाद्धारा पालिका भित्र रहेका गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको हाे

काेराेना महामारीको कारण राेजगारि गुमाएका गरिब तथा विपन्न परिवारहरुलाई सहयोग गर्नका लागि सरावल गाउँपालिकाले परासि सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री अाज एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हाे ।

काेराेना महामारीका कारण राेजगारि गुमाएका वडा नम्बर २ र ३ का करिब ७ गरिब तथा विपन्न घरपरिवारहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको हाे ।

परासि सेवा समाजले युएईबाट प्राप्त २५ केजि चामल , ३ केजि तरकारी ,२ केजि दाल ,२ लिटर तेल ,२ केजि नुन ,१ केजि साेवाबिन लगायतका राहत सामाग्री साेमवार सरावल गाउँपालिकाका गरिब तथा विपन्न घरपरिवारहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेयले बताउनुभयाे ।

सरावल गाउँपालिकाले विभिन्न संघ संस्था तथा दात्रि निकायहरुकाे सहयोगमा पालिका भित्रका गरिब तथा विपन्न परिवारहरुलाई राहत सामाग्री सहयोग गर्दै अाएकाे बताउदै सरावल गाउँपालिका भित्रका सम्पूर्ण गाउँबासिहरुकाे सुख दुखमा सदैव साथ सहयोग गर्ने र अाफु स्वम पनि पालिका बासिहरुकाे हितका लागि कार्य गर्ने अध्यक्ष राधेश्याम चाैधरीले बताउनुभएको थियोे । उहाँले याे महामारीको अवस्थामा सम्पूर्ण पालिका बासिहरुलाई स्वास्थ्य सतर्कता अपानाई बस्न अाग्रह गर्दै सहयोग संस्था परासि सेवा समाजलाई धन्यवाद समेत दिएका थिए ।

सरावल गाउँपालिका प्रमुख प्रशासकीय प्रमुख बुद्धप्रकाश पाैडेल , वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय लगायतको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित