Rashtriya Dainik

तिलोत्तमा निवासी लक्षमण गौतमद्वारा रुपन्देहीका विभिन्न ठाउमा राहत वितरण

तुलसी राम पौडेल /फर्साटिकर, जेष्ठ १८
कोराना महामारीको चपेटामा परी साझ विहान छाक टार्न समस्या भएका अति विपन्न घर परिवारको लागि रुपन्देहीको तिलोत्तमा -६ मणिग्राम निवासी एवं बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्षमण गौतमले रुपन्देहीको विभिन्न ठाउमा राहत वितरण गर्ने अभियान जारी राख्नु भएको छ।राहत वितरण कार्यक्रम अन्तर्गत चामल ,दाल,नुन ,तेल,प्याज ,सोयाबिन वितरण गर्नुभएको छ।मंगलवार बुटवल नगरपालिकाका अति विपन्न १५ घर परिवारलाई वितरण गर्नुभयो । नेपाली काङ्ग्रेसकी नेत्री रिता सेनको व्यवस्थापनमा वितरण भएको हो ।
जेष्ठ १७ गते भैरहवाका अति विपन्न १५ घर परिवारलाई नेपाली काङ्ग्रेस क्षेत्र नम्बर -३ क सभापति पुरन प्रसाद श्रेष्ठ ,सचीव लेखनाथ भट्टराई र बिपी स्टडी युथ सर्कल सिद्दार्थनगर अध्यक्ष प्रतिक भण्डारीको व्यवस्थापनमा वितरण गर्नुभएको थियो ।
त्यसै गरी जेष्ठ १६ गते देवदह नगरपालिकाका अति विपन्न १० घर परीवारलाई राहत वितरण गर्नुभएको थियो । जेष्ठ १५ गते सैनामैना नगरपालिकाका अति विपन्न घरपरिवारलाई सैनामैना -४ निर्वाचित वडा अध्यक्ष क्याप्टेन धन बहादुर कार्की ,बिपी स्टडी युथ सर्कल सैनामैना नगरसमिति सचिव प्रेम न्यौपाने लगायतको व्यवस्थापनमा राहत वितरण गर्नुभएको थियो ।रुपन्देहीका ५०० अति विपन्न घर परिवारलाई राहत वितरण गर्ने उद्देश्य रहेको लक्ष्मण गौतमले बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित