Rashtriya Dainik

आयुर्वेद औषधालयको भवन नहुदा सेवा ग्राहीलाई सेवा दिन कठिनाइ

संजय कुशवाहा / नवलपरासी १८ जेठ

आजकल सामान्य रोगका लागि पनि एलोपेथिक औषधि खानुपर्छ । तर कोही यस्ता मानिस पनि छन जो सकेसम्म आयुर्वेदिक औषधिमात्र सेवन गर्ने गर्छन् ।

कोरोना भाइरसले कमजोर प्रतिरक्षा शक्ति भएका मानिसलाई सबैभन्दा छिटै प्रभावित पार्ने भएकाले आयुर्वेदका विभिन्न औषधि पनि यो रोगका लागि उपयोगी हुने चर्चा समेत चलिरहेको छ।

नेपालमा पाइने विभिन्न जटिबुटीबाट उत्पादित औषधिको प्रयोगले शरीरमा इम्युनिटी पावर बढाउने र श्वासप्रश्वासमा सहजता ल्याउने भएकाले आइसोलेसन र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई औषधि दिँदै पनि आएको पाइन्छ।

विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद औषधी तर्फ आकर्षित हुदै गएको देखिन्छ ।

बिरामीहरुको चाप दिनहुँ बढदै जादा ठुला – ठुला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केही मानिसहरुले आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताऊछन् । यसै गरि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा रहेको आयुर्वेद औषधालयले निकै प्रभावकारी हुदै गएको साथै उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ ।
२०७२ साल असार २६ गते देखि सन्चालनमा अाएकाे गुठी परसौनी आयुर्वेद शाखाकाे आफ्नाे निजी भवन नहुदा सेवा ग्राहीलाई सेवा दिन समस्या भएकाे आयुर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिए ।

आयुर्वेद शाखाले सहकारी सस्थाकाे ४ वटा काेठा भाडामा लिई सेवा प्रवाह गर्दै आएकाे छ । भाडामा लिएकाे एउटै भवनमा सहकारीकाे सेवा र त्यही भवनमा स्वास्थ्यकाे सेवा प्रवाह गर्दा निकै समस्या भइरहेको छ ।
गाउँपालिकालाई भवन निर्माणकाे लागि पटकपटक अनुराेध गर्दा पनि गाउँपालिकाले वास्ता नगरेकाे समेत प्रमुख मिश्राले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित