अमिट भट्ट/काठमाडौ
कोरोना महामारीले अहिले विश्व नै आक्रान्त पारेको बेलामा नेपालमा पनि ज्यालादारी गरेर एकछाक पेट जोर्ने वर्गका मानिसलाई निकै समस्या पारेको छ ।
आजदेखी एबि इन्टरनेश्नल फिलिम्सले हुने ले दिउ नहुनेले लिएर जांउ भन्ने नारा को साथ निशुल्क भोको पेट भर्ने अभियान सुरु गरेको छ ।
काठमाडौको सामाखुशी चोकमा सुरु गरिएको उक्त कार्यक्रम गरिव , निमुखा , अशक्त परिवारलाई रहेको आयोजकले बताएको छ ।
उक्त टिमले आज पहिलो दिन नै १०५ जना लाइ खाना खुवाएको छ । सामाखुशी चोक मा टेन्ट नै लगाएर एवि इन्टरनेश्नल का फाउन्डर अमित बस्नेत ले मानिस हरु लक डाउन को कारण ले रोजगार गुमेका ब्यक्ती हरु भोकै कोही पनी बस्न नपरोस भनेर आफु र आफ्नो टिम ले यस कार्यक्रम गरेको बताउनु भयो ।
उहाले यस कार्यक्रम सफल बनाउन लाइ एवि फिल्मसका पब्लिक रिलेसन तथा डिस्टिविउसन लिडर लोक बिक्रम मल्ल ,गोबिन शाइ ठकुरी र सुमन पन्त र दिपक सुबेदीलाइ विशेष धन्यबाद दिनु भएको छ ।
साथै यस फिल्मस को एउटा बलिउड हिन्दी लेला मन्जु र नेपाली फिल्म समालिन्छ कहिले मन रिलिज को तयारी मा छन भन्ने जनकारी एवि फिल्मसका मेनेजिङ डाइरेक्टर अजित कुमार थापाले दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

