Rashtriya Dainik

पश्चिम नवलपरासीमा ८२ जना कोरोना संक्रमित निको भए

उर्मिला यादव यात्री/जेठ १७
पश्चिम नवलपरासीमा सोमबार ८२ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार सात सय ३४ पुगेको छ । यस्तै गरी जिल्लामा आज ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ४८ र एन्टिजेनबाट २ मा परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या चार हजार, एक सय २२ पुगेको छ । आज सोमबार सबै भन्दा बढी रामग्राम नगरपालिकामा १० जना महिला र १९ जना पुरुष गरी २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा ४ जना, सुनवल नगरपालिकामा ८ जना, प्रतापपुर गाउपालिकामा २ जना र पाल्हिनन्दन गाउपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ भने सरावल गाउपालिकामा र सुस्ता गाउपालिकामा आज कुनै संक्रमित नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ५६ रहेको छ । सोमबार कोरोना संक्रमणबाट जिल्लामा १ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय ३२ पुगेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित