Rashtriya Dainik

लुम्बिनीमा राष्ट्रिय सभा उपचुनावको मतदान चल्दै

दाङ – लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि मतदान चलिरहेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो भोट खसाल्नुभयो । दाङ, घोराहीको कर्मचारी मिलन केन्द्रमा चलिरहेको मतदान दिउँसो ३ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

उपचुनावमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सदस्य पद रिक्त हुन गएको हो । 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा जसपाबाट मन्त्री बनेका चार जनाले पनि मताधिकार पाएका छन् । चार सांसदलाई मताधिकार दिएकोमा विपक्षी दलहरुले विरोध गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि पदमुक्त भएका विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई निर्वाचन आयोगले मताधिकार दिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित