Rashtriya Dainik

नवलपरासी पश्चिमका लागी २ अर्व ८४ करोड १६ लाखको बजेट, कुन पालिकालाई कति ?

पश्चिम  नवलपरासीका लागी सरकारले आगामी आर्थिक बर्ष २०७८,०७९ का लागि कुल २ अर्व ८४ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ । जिल्लाका सात स्थानिय तहका लागी चालु तर्फ दुई अर्ब ४७ करोड ५२ लाख र पुँजीगत तर्फ ३६ करोड ६४ लाख रुपैयाँ बिनियोजना गरिएको हो । संघिय सरकारले शनिबारकोको बजेट मार्फत समानिकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि बजेट बिनियोजन गरेको हो ।

बजेटमा सबैभन्दा बढी बजेट रामग्राम नगरपालिकाका लागि ५१ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा चालु तर्फ ४१ करोड २५ लाख र पुँजिगत तर्फ ९ करोड ८१ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै बर्दघाट नगरपालिकाका लागी चालु तर्फ ४४ करोड ४३ लाख र पुँजिगत तर्फ ४ करोड ९० लाख रुपैयाँ गरी ४९ करोड ३३ लाख विनियोजन गरिएको छ । सुनवल नगरपालिकाले जिल्लाका सातै स्थानिय तह मध्ये सबैभन्दा बढी पुँजिगत बजेट प्राप्त गरेको छ । सुनवलले ५ करोड ७० लाख पुँजिगत र ४० करोड ८७ लाख चाल गरी कुल ४६ करोड ४२ लाख बजेट प्राप्त गरेको छ ।

यसैगरी गाँउपालिका तर्फ सबैभन्दा बढी बजेट प्रातपपुरका लागि विनियोजन भएको छ । प्रतापपुर गाँउपालिकाले चालु तर्फ ३६ करोड २८ लाख र पुँजिगत फर्त ४ करोड १ लाख गरी ४० करोड २९ लाख बजेट प्राप्त गरेको छ । यसैगरी सुस्ता गाँउपालिकाका लागि ५ करोड ४० लाख पुँजिगत र २५ करोड ९९ लाख चालु तर्फ गरी ३१ करोड ३९ लाख बजेट विनियोजन भएको छ ।

यसैगरी सरावल गाँउपालिकाका लागि २९ करोड ४४ लाख चालु र ४ करोड २२ लाख पुजिँगत गरी ३३ करोड ६६ लाख रुपैयाँ विनियोजन भएको उल्लेख छ । पाल्हीनन्दन गाँउपालिकाका लागि ३१ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमा २९ करोड ३५ लाख चाल तर्फ र २ करोड ६० लाख पुँजिगत तर्फ विनियोजित रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित