उमेश बि.क/ नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाँउपालिकाले पृथ्वी चन्द्र जिल्ला अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले ५ लाखको चेक अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

कोरोना संक्रमितको उपचारमा बजेट अभाव नहोस् भन्ने हेतुले जिल्ला अस्पताललाई सहयोग गरेको गाँउपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको पृथ्वी चन्द्र अस्पतालाई थप व्यवस्थीत गर्न सबै स्थानिय तह एक जुट हुनुपर्नेमा अध्यक्ष चौधरीले जोड दिनुभयो ।
साे रकम हस्तान्तरणमा सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय , प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलकाे लगाएतकाे उपस्थित रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

