प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु – शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त भएका छन् । जेठ १६ गतेको कृष्णनगर नगरपालिकाकाे निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो । यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु पद खाली थियो । मेसुमा डा मुकेश चौधरीले नियुक्ति पाए पछि समाजसेवी निर्भय सिंह लगायत शिवराज अस्पतालका कर्मचारीहरू स्वास्थ्य बीमा संयोजक अरुण चौधरी, बादल सिंह, अहेव रवि उपाध्याय , राज शुक्ल , अहेव शालिक राम कहार, रामदेव गुप्ता, रेडियो ग्राफर रितुराज मिश्रा , सुरेश कहार, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

