बिरगंज / १६ जेठ
हेल्भेटास नेपालको आर्थिक सहयोग र बिरगंज नेपाल बिजनेश क.प्रा.लि. संस्थाको आयोजनामा बरहथवा नगरपालिका अन्तर्गत कोभिड-१९ संक्रमणको प्रतिकार्य गर्न तथा जोखिम न्यूनीकरण गर्नका लागि कोभिड आईसोलेसनमा प्रयोग हुने समाग्रीहरु हस्तान्तरण गरियो !! उक्त कार्यक्रममा नगर प्रमुख देवानन्द महतो, प्रमुख प्रशासकिय अध्यकृत खिम बहादुर भुजेल, योजना प्रमुख रुपेश कर्ण तथा बिरगंज नेपाल बिजनेश क.प्रा.लि.का प्रबन्ध निर्देशक सुनिल कुमार साहको उपस्थिति रहेको थियो। बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महतोले यस्तो विषम प्रस्तिथिमा हेल्भेटास नेपालले कोभिड आईसोलेसनका समाग्रीहरु सहयोग गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभएको छ । करिब १० लाख बराबरको समाग्रीहरु हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

