नन्दु यादव /जेठ १६,नवलपरासी-
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा संचालित आइसोलेशन कक्षको लागि प्रभावशाली बचत समूह प्रतापपुर ले आवश्यक स्वास्थ्य सामाग्री अाईसाेलेसन कक्षलाई अाज सहयाेग गरेकाे छ ।
भारत मा मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि प्रतापपुर गाउँपालिकाले आइसोलेशन कक्ष त्रिभुवन क्याम्पस बेलाटारीको भवनमा सन्चालन गरेकाे छ।समुहबाट प्राप्त सामाग्री सजिव थापाले स्वास्थ्य सामाग्री अाईसाेलनकक्षलाई हस्तान्तरण गर्नुभएकाे थियाे । स्वास्थ्य सामाग्री ग्रहण गर्दै यस्तो महामारीमा प्रभावशाली बचत समुहले गरेको सहयोगले अत्यन्तै खुसी लागेको वडा न ९का वडा अध्यक्ष हेमेन्द्र कुमार पजियारले बताउनु भयो ।
कोरोना महामारीको अवस्थामा देशमा रहेका अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको र कतिपयले उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै आइसोलेसनका लागि सामाग्री बितरण गरिएको प्रभावशाली बचत समुहका साउदिमा रहनु भएका सदस्य राजु प्रसाद यादवले बताउनु भयाे । साथै प्रतापपुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र लामिछानेले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहनु पर्ने बताउनु भयो । समुुहले करिब ६० हजार ५सय बराबरको सेनिटाईजर ,मास्क,स्प्रे ,ग्लाेभस ,अक्सिमिटर पिपिई ,फेस सिल्ड लगायतकाे स्वास्थ्य सामाग्री बितरण गरिएको यादवले बताउनु भयाे । प्रभावशाली बचत समुहका सदस्य हरु जापान ,मलेसिया ,साउदि कतार ,नेपाल लगायतकाे देशमा राेजगारीकाे शिलशिलामा हुनुहुन्छ ।देशमा यस्ताे परिस्थिति अाईरहदा विभिन्न देशमा रहेका समुहका सदस्य हरुले अार्थिक सन्कलन गरि स्वास्थ्य सामाग्री सहयाेग गरेकाे जापानबाट दिनेश यादव ले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

