Rashtriya Dainik

तिलोत्तमा निवासी लक्ष्मण गौतमद्वारा शुद्दोधनका अति विपन्नलाई राहत वितरण

तुलसी राम पौडेल / फर्साटिकर, १५ जेष्ठ

रुपन्देहीको तिलोत्तमा -६ मणिग्राम निवासी एवं बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमले शुद्दोधन गाउपालिकाका अति विपन्न १६ घरपरिवारलाई राहत वितरण गर्नु भएको छ।कोरोना महामारीको बेला साझ विहान छाक टार्न समस्या भएका शुद्दोधन गाउपालिकाका वडा नम्बर १,२,३र ४ वडाका गरी जम्मा १६ घरपरिवारलाई राहत स्वरुप चामल ,दाल ,आलु ,प्याज ,सोयाबिन ,नुन ,तेल बितरण गरिएको बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेश उपाध्यक्ष पोषराज खनालले बताउनु भयो ।राहत कार्यक्रम नेपाली काङ्ग्रेस शुद्दोधन गाउँपालिका सभापति शेर बहादुर काफ्ले ,बिपी .स्टडी युथ सर्कल शुद्दोधनका अध्यक्ष प्रदिप चौधरी लगायतको उपस्थितिमा वितरण गरिएको थियो । रुपन्देही जिल्ला अन्तरगतका अति विपन्न ५ सय घर परिवारलाई राहत वितरण गर्ने अभियान रहेको बिपी . स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमले बताउनु भयो ।लक्ष्मण गौतमले समाज सेवा र राजनीति आफ्नो उद्देश्य रहेकोे बताउनु भयो ।
जनप्रतिनिधि भएको खण्डमा राज्यबाट कुनैपनि किसिमको सेवा सुविधा तथा सुरक्षा नलिने उहाले घोषणा गर्नुभएको छ। लक्षमण गौतमले बेलायत युकेमा होटेल म्यानेजमेन्टमा बैचलर डिग्री गरी सन २००९ मा बेलायतमा रेस्टुरेन्ट बिजनेसमा आबद्ध हुनुभएको थियोे । लन्दन ,कालचेस्टर मा गरि २ वटा रेस्टुरेन्ट संचालन गर्नुभएको थियोे ।नेपालमै समाज सेवा गर्ने उद्देश्यले २०७६ साल पुस महीनामा नेपाल फर्केको गौतमले बताउनु भयो।
लक्ष्मण गौतम तरुण दलका जिल्ला सदस्य पनि हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित