Rashtriya Dainik

प्रमुख जिल्ला अधिकारीले विरामीलाई निशुल्क खाना वितरण

उत्तमकुमार थापा / बझाङ

जिल्ला प्रमुख जिल्ला अधिकारीले विरामीलाई निशुल्क खाना खुअाएका छन ।

बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माेहन अधिकारीले अाफ्ना बुवाकाे श्राद्यकाे दिनमा जिल्ला अस्पताल बझाङमा रहेका विरामीहरुलाइ खाना खुवाउनु भएको हाे ।

अाज एक कार्यक्रमका विच विभिन्न स्थानीय तहबाट जिल्ला अस्पतालमा उपचार गराईरहनु भएका काेभिड विरामी र अन्य सबै विरामीलाई निशुल्क खाना खुवाएकाे जिल्ला अस्पताल बझाङ प्रमुख डाक्टर सन्दिव अाेखेडाले बताए । खाना बाढ्दै सिडियाे प्रमुख जिल्ला अधिकारीले भने मेराे बुवाकाे श्राद्यमा सानाे सहयाेग गरेकाे हाे । अहिलेकाे परिस्थितिमा घर जान नपाएको बताउदै जिल्लामा निशुल्क खाना खुवाउने पहल चालेका जीवन सिहकाे कार्यलाई हाैसला दिन केही सहयाेग गर्दै यस्तो कार्य गरेकाे सिडियाे अधिकारीकाे भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीले अाफै जिल्ला अस्पतालमा पुगेर विरामीलाई खाना खुवाउनु भएको थियाे उनले अाफ्ना बुवा उमानाथ अधिकारीकाे श्राद्यकाे अवशरमा निशुल्क काखा दिदै सहयाेग गरेकाे जीवन सिहले बताए । निसुल्क खाना खुवाएका सिहलाई अाज जिल्ला अस्पताल बझाङ द्वारा प्रमाणपत्र सिडियाेद्वारा हस्तान्तरण गरिएकाे हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित