Rashtriya Dainik

UMN र ईन्द्रेणिद्वारा प्रतापपुर गा.पा.लाई स्वास्थ्य सामग्री प्रदान

जेठ १३, गाेपिगञ्ज
युनाइटेड मिसन टु नेपाल UMN काे सहयोगमा ईन्द्रेणी सामाजिक विकास मञ्चले प्रतापपुर गाउँपालिकामा ४ लाख २ हजार ५ सय ५१ रुपैयाँको स्वास्थ्य सामग्री बिहिबार प्रदान गरेको छ ।
UMN का टिम लिडर सबु तामाङ पाैडेल र मञ्चका अध्यक्ष विक्रम खनालले संयुक्त रुपमा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अञ्जु कुमारी चाैधरिलाई गाउँपालिका, गाउँपालिकामा रहेका ७ वटै स्वास्थ्य संस्था र अाईसाेलेसन सेन्टरका लागि सामग्री प्रदान गर्नु भएकाे UMN का तालिम म्यानेजर बालकृष्ण पाण्डेले जानकारी दिनु भयाे ।
तिव्र रुपमा फैलिई रहेको नयाँ भेरियन्ट सहितकाे काेराेना भाईरस संक्रमण नियन्त्रण गर्न सहयोग पुगाेस् भन्ने उद्वेश्यले थर्मल गन, पिपिई सेट, बेड, पल्स अक्सिमिटर, सेनिटाईजर, मास्क, स्ट्रेचर, क्याप, गमबुट, साबुन, फेस सिल्ड सहित २२ प्रकारका सामग्री प्रदान गरिएको UMN का टिम लिडर सबु तामाङ पाैडेलले बताउनु भयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु कुमारी चाैधरिले सबैकाे सहयोगले मात्रै काेराेना संक्रमण नियन्त्रण गर्न सकिने बताउदै सामग्री प्रदान गरेकोमा ईन्द्रेणि सामाजिक विकास मञ्च र UMN लाई धन्यवाद दिनु भयो ।
बिहिवार नै UMN काे सहयाेगमा ईन्द्रेणि सामाजिक विकास मञ्चले चिसापानी अस्पतालमा ३ लाख १९ हजार ७ सय ६० रुपैयाँ र पाल्हिनन्दन गाउँपालिकामा ३ लाख ५३ हजार ३ सय २९ रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
UMN का परियाेजना म्यानेजर ईश्वर के. सि.र मञ्चका अध्यक्ष विक्रम खनालले संयुक्त रुपमा चिसापानी अस्पतालका मेडिकल अफिसर डा.शान्ति के.सि. र पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तालाई सामग्री प्रदान गर्नु भयाे ।
UMN ले नवलपरासीमा ईन्द्रेणि सामाजिक विकास मञ्च मार्फत जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय , जिल्ला स्वास्थ्य कार्यालय, सुनवल नगरपालिकामा रहेकाे अाईसाेलेसन सेन्टर, पृथ्वीचन्द्र अस्पताल, चिसापानी अस्पताल, प्रतापपुर र पाल्हिनन्दन गाउँपालिका, पत्रकार, हाेम अाईसाेलेसनमा रहेका काेराना संक्रमित व्यक्ति, UMN का फिल्ड स्टाफ र साझेदार संस्था तथा रुपन्देहीमा सुनगाभा सामुदायिक विकास केन्द्र मार्फत कञ्चन र गैडहवा गाउँपालिकामा गरि २६ लाख ७९ हजार ५ सय ८३ रुपैयाँको स्वास्थ्य सामग्री प्रदान गर्ने जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित