वीरगञ्ज, १४ जेठ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी हर्पतगञ्जमा २ वर्षसम्म पनि सडक निर्माण नभएपछि स्थानीय युवाहरुले विरोध जनाएका छन् ।
शहरी विकास कार्यलयको मातहतमा रहेको वीरगञ्जको ड्राइपोर्टदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीसम्म जोड्ने ३ किलोमिटर सडक निर्माणको ठेक्का सकारेको पप्पु कन्स्ट्रक्शनले २ वर्षसम्म पनि सडक नबनाउँदा सो गाउँका बासिन्दासँगै उक्त बाटो भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्नु परीरहेको छ ।
३१ फिटको सडक निर्माणको क्रममा बाटोमा पर्ने घरहरु भत्काउन लगाएर सडक निर्माण नगर्ने र काम शुरु गरेर अलपत्र छोड्को भन्दै नेकपाा एमालेका युवा नेता रामकिशोर सिँह (पराग)ले आपत्ति जनाए । बाटोमा पर्नेहरुलाई ठेकेदारले भत्काउन लगाएर हालसम्म पनि सडक नबनेपछि अहिले वर्षातको समयमा सडक आहालमा परिणत भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

