सडकभरी पानी जमेर पोखरी बन्दा वरीपरीका स्थानीयको घरमा समेत पानी पसेको परागले बताए । विकास निर्माणका कार्यसँगै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाअध्यक्ष एवम् वडा कार्यालयले कुनै तदारुकता नदेखाएको परागको भनाई छ ।
युवा नेता परागको नेतृत्वमा सामाजिक सञ्जालमा विरोधका नारासहित फोटो पोस्ट गर्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् । उनीहरुले वडा कार्यालय अगाडी लगायकाअन्य ठाउँमा कुन काम, कति समयमा, कति बजेटमा लगायतका कुराहरु प्रस्ट हुने गरी नागरिक वडा पत्रको बोर्ड राख्नुपर्ने, शहरी विकासबाट निर्माणाधिन सडकको काम यथाशिघ्र शुरु गर्नुपर्ने, ४ वर्षको बजेट पारदर्शी हुनुपर्ने लगायतका मागसहित वडाअध्यक्ष पारस प्रसाद यादवको ध्यानाकर्षण गराएका छन् ।
युवाहरुले ‘बाटो कहिले बन्छ ?, पप्पु कहिले काम गर्छ ?, खेलकुदको बजेट कता हराउँछ ? पप्पु कन्स्ट्रक्शन कता हरायो ? कोरोनाके खातिर तयारी काथी भईल बा ?, नगर कर खाली उठि कि सुबिधा भि मिलि ?’ लगायतका नारा लेखिएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । स्थानीय जितेन्द्र पटेल, सुनिल दत्त साह, दिपक चौरसिया, उमेश साह, रामाजोध्या महरा, भगन महरा, बिजय सिंह लगायतका युवाहरुले विरोध जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

