दोरेन्द्र खड्का /बझाङ – सुदूरपश्चिमाच्ल बिद्या सदन चैनपुरका फाउन्डर कुम्भराज खत्री र प्रधानाध्यापक सरस्वती ढुङ्गेल द्घारा पचास पेटी खानेपानी जिल्ला अस्पताल बझाङ्गलाई हस्तान्तरण गरेको छ ।
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९को दोस्रो लहरले बझाङ्ग जिल्ला पनि उच्च जोखिममा रहेका बेला कोभिडका संक्रमित र पहिलो लाईनमा रहेर काम गरि रहेका स्वास्थ्थकर्मीले शुद्घ खानेपानीको प्रयोग गर्न पाउन भन्ने उद्घेश्यले पचास पेटी मिनिरल वाटर र मास्क सेनिटाईजर लगाएतका स्वास्थ्थ सामाग्री जिल्ला अस्पताल बझाङ्गका प्रमुख डाक्टर सन्दिप ओखेडालाई आज हस्तान्तरण गरेका हन
९६२ जना संक्रमित रहेको बझाङ्ग जिल्ला अस्पतालमा अहिले करिव १२ जना जति अक्सिजनको सहारामा जिवन जिउन बाध्य भएका छन
अस्पताल परिसरमा २ हजार लिटरको पानी प्रति दिन फिल्टर गर्ने फिल्टर मेसिन भए पनि कोभिडकै कारण सबै बिमारी लाई शुद्घपानी पिउन भनेर भनेका छौ केही संक्रमितलाई तातो पानी आफैले तताएर भए पनि पिउने व्यवस्था मिलाएको भए पनि प्रत्येक संक्रमितलाई पाएक पर्ने ठाउमा शुद्घ पानीको प्रबन्ध हुन नसकेका बेला सुदुरपश्चिमाच्ल बिद्या सदनका फाउन्डर खत्री परिवारले मानव जिवन रक्षाका लागि थप प्रत्येक बिमारीको हात हातमा पानीको बोतल दिएर सहयोग गरेकोमा प्रमुख डाक्टर ओखेडाले धन्यवाद व्यक्त गरेका छन ।
पछिल्लो अवस्थालाई हेर्दा कोरोनाकै कारण धेरै मानिसले ज्यान गुमाउनु परेको देख्दा अप्यारोमा परेका बिमारीले पानी पिउन पाउन भन्ने मान्यताले सानो सहयोग गरेको फाउन्डर कुम्भराज खत्रीले बताए ।
२०७० सालमा चैनपुरको चौगाई टोलमा स्थापना भएको सुदूरश्चिममाच्ल बिद्या सदनले कक्षा नर्सरी देखि ८ कक्षा सम्म संचालन गरि रहेको छ ।
सात वर्ष देखि सस्तो र शुलभ दरमा गुणस्तरी शिक्षा दिदै आएको यो बिद्यालयले बिपन्न परिवारका बिद्याथीलाई पनि सहयोग गर्दै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

