Rashtriya Dainik

प्रतापपुर अायुर्वेद शाखाकाे निजि भवन नहुदा सेवा प्रवाहमा समस्या

नन्दु यादव /जेठ १४/पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका मा रहेकाे प्रतापपुर अायुर्बेद शाखाकाे अाफ्नाे निजि भवन नहुदा सेवा ग्राहि लाई सेवा दिन समस्या भएकाे प्रतापपुर अायुर्बेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनु भयाे।अायुर्बेद शाखाकाे लागि शान्त र फराकिला ठाउकाे लागि अावश्यकता हाे ।भाडामा लिएकाे काेठा काे निकै साघुराे छ हामिलाई अावश्यकता अनुसार ठाउँ अपुग भएकाे छ वहाले बताउनु भयाे ।२०७२साल असार २६ गते देखि सन्चालनमा अाएकाे अायुर्बेद शाखा नाैलाे बिहानी सहकारी सस्थाकाे ४वटाकाेठा मासिक ४हजारकाे दरले भाडामा लिई सेवा प्रवाह गर्दै अाएकाे छ ।भाडामा लिएकाे एउटै भवनमा सहकारीकाे सेवा र तेहि भवनमा स्वास्थ्य काे सेवा प्रवाह गर्दा निकै समस्या भएकाे छ ।अाम जनताले पनि सहकारी कि अायुर्वेद शाखा हाे भनेर अलमलिरहेका छन ।अायुर्बेद शाखाले बार्षिक १३हजार सम्म अामजनतालाई सेवा प्रवाह गर्दै अाएकाे छ ।उता गाउपालिकालाई भवन निर्माणकाे लागि पटकपटक अनुराेध गर्दा पनि गाउपालिकाले वास्ता नगरेकाे समेत प्रमुख मिश्राले गुनासाे गर्नु भयाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित