Rashtriya Dainik

संविधानको रक्षा गर्न माग गर्दै पांच पार्टीले निकाले सयुंक्त बिज्ञप्ती

काठमाडाैं ।

पटक पटक संबिधान माथी गलत ढंगले देशलाई सं कटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र हजारौंको बलिदाली बाट प्राप्त संबिधानको रक्षा हुनुपर्ने बताएका छन् । उल्लङ्घन हुन खोजेको तथ्य स्वीकार नहुने यसप्रति सबैको चासो हुनुपर्नेमा जोड दिदैं बिज्ञप्ती जारी गरेका हुन् ।

अल्पमतमा परिसकेको स्वीकार प्रधानमन्त्रीले पुनः राष्ट्रपति सँग साँठगाँठ गरि जेठ ७ गते मध्यरातमा षडयन्त्र मुलक ढंगले संबिधानमा भएको व्यबस्थाको धज्जी उडाउन खोजेको र यसमा प्रतिगमनका बिरुद्द हामी जस्तोसुकै मूल्य चुकाउन तयारी रहेको बिज्ञप्ती मा उल्लेख रहेको छ ।हामी संकटको यस घडिमा जनसमुदायको जीवन रक्षाको लागि निरन्तर जुट्नुहुन सम्पुर्ण पार्टी पंतिमा अपिल गर्दै राष्ट्रपति र प्रधानमन्त्री आलीको असंवैधानिक , अराजनैतिक , अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुपपथमा लैजान खाजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास गर्दै जनताको जित हुने कुरामा एक ढिक्का भएको बताएका छन् ।

साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल , माओवादी केन्द्रका सुदर्शन वराल नेकपा एमाले प्रदेश कार्यालय सचिब खेम लुइटेल , जसपा लुम्बिनी प्रदेश अध्यक्षअशोक यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलम ले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।जस्को जानकारी लुम्बिनी प्रदेश जसपाका प्रवक्ता अकरम पठान ले दिए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित