Rashtriya Dainik

महिनावारी र मेराे अनुभव

२०६४ / असार

पहिलो पटक मैले महिनावारीकाे बारेमा कक्षा अाठ पढ्दा थाहा पाए । मेराे बुवा अामा अाफन्तकाे बिबाहमा जानू भएको थियाे । हामी दाजुबहिनी मात्रै भयाै घरमा, त्यसैले मेराे घरमा हामीलाई राति डर नहाेस भनेर छिमेकीलाई सुतिदिन भन्नू भएकोथिययाे । पहिलो रात छिमेकी दिदी अाउनु भयाे तर अर्काे दिन उहाको ममि अाउनु भयाे । अाज दिदी अाउनु हुन्न भनेर मेराे बहिनिले प्रश्न गर्दा ती छिमेकी काकीले उनी मिन्स भएकि छिन त्यहि भएर अाउन हुन्न भन्नू भयाे । मैले बिरामी भई हाेला साेचे । भाेली पल्ट स्कुल पुग्दा , उहाकाे साथी अाएर मलाई दिदी किन नअाकाे भनेर साेध्नु भयाे । मलाई के थाहा भने । उहाले अस्ति तिम्राेमा सुत्नुपर्छ भनेकी थिइन त्यसैले तिमी लाई साेधेकाे भन्नू भयाे । अनि मैले खै हिजाे त अान्टी अाउनु भयाे , दिदीलाइ सञ्चाे छैन भने । अान्टीले खै के मिन्स भन्ने भकाे छ रे भन्नुभयाे हिजाे । यति भन्दा उहाँ हास्दै अनि अाश्चर्यबाेध सहित , तिमी लाई भन्नुभयो र ? भनेर प्रश्न गरिन । म छक्क परे ठुलै राज थाहा पाए जसरी हेर्नु भयाे । याे कुरा कसैलाई नभन भन्नू भयाे । मैले हवस भने तर मनमा खुलदुली जागि रह्याे । मैलै टिफिन समयमा मिसलाइ साेधे पछि उहाँले सहजै बताउनु भयाे । र यसकाे विषयमा कितावमा छ तर मंसिर तिर मात्रै पढाइ हुन्छ भन्नू भयाे । त्यति बेला मैले थाहा पाए कि महिनावारी किशोरावस्था बाट मासिक रुपमा रक्तश्राव हुने सुरु भएर ३५ वर्षकाे उमेर सम्मकाे महिलालाई हुनेगर्दछ । यसलाई सहजरुपमा भन्नलाइ नछुने , मिन्स भनिन्छ भन्ने थाहा पाए ।

२०६६, मंसिर
कक्षा ११ मा अध्यनन गरेकाे वर्ष , परिक्षा चलिरहेको थियाे । एक जना साथी परिक्षा समयकाे विचमा नै छाेडेर निस्केको देखे । म केही नअाएर चाडै निस्केको थिए ।
अनि मैले गेटमा उसकाे बाबालाइ देखे , सकिनसकी बाईकमा बसेर गई , अचम्म त्यति बेला लाग्याे जब उनी एक तर्फ फर्केर बसिन । मैले पहिलो पटक उनलाइ त्यसरी बसेकाे देखे । कुरा गर्दै जादा , साथीहरूले उनलाइ पिरियड भएर बिचमै परिक्षा छाेडेर गइन भने । मैले पिरियड भनेकाे के हाे भनेर साेध्दा सबैले हासेर उडाए । अनि एउटाले स्कुलमा पढिनस भनेर हप्काए । खै थाहा छैन , बुझाएपछि बुझ्छुहाेला नि भनेर भने । त्यसपछि एक जानले बताए पछि थाहा भयाे । सरकारी स्कुलमा नेपाली भाषामा बढी परिभाषित गर्नाले याे शब्दकाे यश अर्थ बाट अनविज्ञ रहेछु ।

२०६९, जेठ
म धरानकाे उप्का नेपाल नामक संस्थामा काम गर्थे । मेराे संस्थाको कार्यक्रमका लागि एक जना महिला सहजकर्ताकाे रुपमा अाउनुभएकाे थियाे । अन्तरक्रिया कार्यक्रम सम्पन्न भए पछि खाजा खाने बेला भएकाे थियाे । त्यही बेला उहाले मलाई प्याड किनेर ल्याउन भन्नू भयाे । म नजिकैको चाेक पुगे र एउटा कसमेटिक पसलमा प्याड मागे । पसले दिदीले कसलाई चाहिएकाे , कुन साईजकाे भनेर जिस्काउदै साधेर हैरान गर्नु भयाे । किनेर निस्कदै गर्दा अाजकाल केटाहरु यस्ताे चिज पनि किन्न थालेछन भनेर पसलमै भएको अरु महिला ग्राहकको बाेलेकाे सुने तर नसुने झै गरेर निस्किए ।मैले पहिलाे प्याड किनेकाे थिए । त्यसपछि हरेक कार्यक्रममा अावश्यक सामग्रीमा सेनेटरी प्याड अनिवार्य खरिद गरेर समावेश गर्ने गरेकाे छु ।

२०७३ , असाेज
प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि १ हप्ते प्रशिक्षक प्रशिक्षण तालिम लिने अवसर प्राप्त गरे । एचआईभीएड्स राेकथाम परियाेजना अन्तरगत सार्ककाे सहकार्यमा भारतकाे संस्थाले अायाेजना गरेकाे तालिममा सहभागी भए पश्चात् सुनसरी र माेरंगमा धेरै स्थानमा तालिमहरु सञ्चालन गर्ने अवसर प्राप्त गरे । महिनावारी विषक केन्द्रीत तालिममा सिकेकाे कुरालाई सहजरूपमा बताउन सक्षम भएको थिए ।

२०७५, माघ
महिनावारीकाे बारेमा भएको भ्रम , बालिकाहरुलाइ समयमा जानकारी नदिनाले भएको समस्याहरु देखे पछि मैले ९-१३ वर्ष उमेर समुहका बालिकालाई लक्ष्यित गरेर लालपरी अभियान सुरु गरे । हरेक बालिकालाइ उसले अनुभव गर्ने पहिलो महिनावारी पूर्व नै महिनावारी र पहिलो पटक महिनावारी भएको अवस्थामा के कस्तो कुरामा ध्यान दिने , कसरी अाफुलाइ अात्मबल दिने , व्यक्तिगत सरसफाइमा र अरुलाइ पहिलोपटक महिनावारी हुदा अाफुले के के गर्नुपर्ने अादी विषय समेटेर लालपरी अभियानका अन्तरक्रिया सञ्चालन गर्न सुरु गर्याै । न्युनतम कक्षा १२ उतिर्ण महिला युवाहरुलाई तालिम दिएर मात्रै सहजकर्ताकाे रुपमा अभियानमा जाेडेर कार्यक्रमहरु करिव १६ वटा जिल्लामा सञ्चालन गरेका छाै ।

२०७६, मंसिर
उपहार दिने चलन सबै सम्बन्धमा हुन्छन् । मैले अाफ्नाे प्रेमिकालाई पहिलोपटक उपहारकाे रुपमा सेनेटरी प्याड दिएकाे थिए । उनलेे प्रेम सम्बन्धका लागि प्रस्ताव गरे पछि पहिलो भेटमा मैले यसरी उपहार दिदा सुरुमा उनी रिसाइन तर हप्ता दिन पछि धन्यवाद भन्दै म्यासेज पठाएकि थिईन । मुल्य कम भए पनि याे उपहार मेराे लागि बहुमुल्य छ भनेकी थिइन । कुनै महगो उपहार दिदा समय र अावश्कता अनुसार त्यसबारे धारण फरक हुन्छन् तर जीवनसंग जाेडिएका कुनै चिज सधै उत्कृष्ट हुन्छ । त्यसपछि मेराे झाेलामा एक प्याकट प्याड रहने गर्छ । धेरै पटक अावश्यक पर्दा अरुलाइ दिएकाे छु । उनि संग सम्बन्ध नरहे पनि उनलेे सिकाएकी याे कुरा भुलेकाे छैन ।

२०७६, चैत
मैलै निकै मिलनसार महिला मित्रलाइ उनकाे जन्मदिनको अवसरमा प्याड किनेर उपहार दिएकाे थिए । त्यसदिन उनलेे मलाई तपाईं वास्तविक परी हाे भनेकी थिईन । पुरुष पनि परी हुन्छ र भनेर साेधेकाे थिए । जवाफमा उनले अरुलाइ सहज वातावरण सृजना गरिदिने र नारीकाे अात्मसम्मान संग जाेडिएकाे मुद्दामा सकारात्मक र सशक्तीकरण विकासको लागि काम गर्ने हर काेही महिला हाेस या पुरुष , एन्जल हुन अर्थात् परी हुन ।

सुशील राजभर ,
संस्थापक , लालपरी अभियान

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित