
पश्चिम नवलपरासीमा सञ्चालनमा रहेको आइसोलेसनकहरुमा इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम खनालले करीव १२ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री युनाइटेड मिसन टु नेपालको सहयोगमा हस्तान्तरण गर्नु भएको छ ।

वर्दघाट नगरपालिकाद्धारा सञ्चालन गरिएको चिसापानी आइसोलेसनमा ३ लाख २० हजार रुपैयाँ, पाल्ही नन्दन गाउँपालिकामा ३ लाख ५३ हजार रुपैया र प्रतापपुर गाउँपालिकामा ४ लाख २ हजार रुपौया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कोभिडको दोस्रो भेरीयन्टको प्रभाव रहिरहेको वेला कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुर्ण स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लप्स, थरमल गन, अक्सिमिटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यसमिति सदस्य विमलचन्द्र घिमिरे बताउनु भयो ।

इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष कर्दम क्षेत्री , सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापा क्षेत्री, कार्यक्रममा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तामाङ तेज गैरेलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

