Rashtriya Dainik

मुठ्ठी दान कार्यक्रम गरि गरिब परिवारलाई सहयोग

महेश यादव ,नवलपरासी १३ जेष्ठ

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर – ४ मा किशोरहरुले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाई सहयोग गरेका छन ।

लुम्बिनी संवाद केन्द्र र पाल्हि उज्ज्वल संवाद केन्द्रकाे सयुक्त अायाेजनामा सञ्चालन गरेको मुठ्ठी दान कार्यक्रम बाट संकलन गरेको चामल एक गरिब परिवारलाई सहयोग गरिएको पाल्हि उज्ज्वल संवाद केन्दका एनिमेटर सदरे अालमले बताउनुभएको छ ।

नयाँ भेरियन्ट सहितको काेराेना भाईरस समुदायमा तिब्ररुपले फैलिदै जादा सरकारले राेकथामकाे लागि गरेको निषेधाज्ञाका कारण मजदुरी गरेर खाने गरिब परिवारका मानिसहरुलाई कठिन भएको हुदा संवाद केन्द्रले मुठ्ठी दान कार्यक्रम सञ्चालन गरि संकलन गरेको चामल गरिब परिवारलाइ सहयोग गरिएकाे लुम्बिनी संवाद केन्द्रका एनिमेटर मिनाज अलिले बताए ।

साथै संकलन गरेको करिब ६ किलाेग्राम चामल पाल्हिका एक गरिब परिवारलाई दिएको छ । एक छाक टार्न कठिन भएको सुकदेव हरिजनका परिवारलाई युक्त चामल हस्तान्तरण गरिएको एनिमेटर अलिले बताउनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित