महेश यादव ,नवलपरासी १३ जेष्ठ
पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रगति किशोरी किशोरी सञ्जालकाे अायाेजनामा तपाईंको माक्स खै..? भन्ने अभियानका साथ हरपुर गाउँ र चाेक चाेकमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सञ्जालकी अध्यक्ष निलज्याेति गाैडकाे अगुवाइमा र सञ्जालका किशोर किशोरीहरुकाे साथ सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।
काेराेनाबाट अफु पनि बाचौ र अरुलाई पनि बचाउ भन्ने साेचले सञ्चालन गरेको मास्क बितरण कार्यक्रमबाट गरिब जनता लाई सहयोग पुग्नुका साथै काेराेनाकाे जोखिमबारे सचेत गराउन र बाटोमा बिना माक्स हिनिरहेका मानिसहरुलाई माक्स वितरण गरि काेराेनाबाट वचन जनचेतना जगाउदै सञ्जालका किशोर किशोरीहरुले चन्दा संकलन गरि याे अभियान कार्यक्रम सञ्चालन गरेको सञ्जालकी अध्यक्ष निलज्याेति गाैडले बताउनुभयाे ।
कार्यक्रमा एविसि नेपालका भाेलेन्टियर बन्दना चाैधरी र सञ्जालका किशोर किशोरीहरुकाे सहभागीता रहेको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

