तुलसी राम पौडेल ,सियारी,जेष्ठ १३
रुपन्देहीको सियारी गाउपालिका -२ स्थित अर्घाखाँची सिमेन्ट प्रालिले सियारी गाउपालीका -२ स्थित मैनहिया स्वास्थ्य चौकीको भवनको लागि सम्पूर्ण आफ्नै खर्चमा नव भवन निर्माण गरी गाउपालीकालाई हस्तान्तरण गरेको छ।बुद्ध जयन्तीको अवसर पारेर सियारी गाउपालीका -२ नव निर्मित स्वास्थ्य चौकीको प्राङ्गणमा बुधबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालबाट संयुक्त रूपमा मैनहिया स्वास्थ्य चौकी भवनको उदघाटन तथा अर्घाखाँची सिमेन्ट प्रालिबार सियारी गाउपालिकालाई भवन हस्तान्तरण गरिएको थियोे ।अर्घाखाँची सिमेन्टको पुर्ण आर्थिक सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन ६ कोठा ,अक्सिजन सहितको १० बेड समेत व्यवस्था गरिएको छ।हाल उक्त भवन एक तला भए पनि ३ तला सम्म बनाउन मिल्ने किसिमको संरचना बनाउएको अर्घाखाँची सिमेन्ट प्रालिका प्रबन्धक राजेश कुमार अग्रवालले बताउनु भयो । साथै उहाले स्वास्थ्य चौकीलाई आवश्यक परेको खण्डमा दोस्रो तल्ला पनि बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भवन निर्माण गर्दा ७० लाख रुपैया भन्दा बढी खर्च भएको प्रबन्धक अग्रवालले जानकारी दिनु भयो ।छोटो समयमा भवन निर्माण गरि गाउपालिकालाई हस्तान्तरण गर्न पाएको खुशी व्यक्त गर्दै निर्माणमा खटिने टिमलाई धन्यवाद दिनु भयो ।
उक्त भवनको शिलान्यास गत माघ २२ गते पुर्व कृषि तथा पशुपन्क्षि विकास मन्त्री घनश्याम भुसालले गर्नु भएको थियोे ।लुम्बिनी प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालन गर्नुपर्ने बताउनु भयो ।डाक्टरको समन्वय बिना बिरामीलाई अक्सिजन दिने कार्य खतरा हुने भएकोले डाक्टरको सल्लाह बमोजिम अक्सिजन दिन आग्रह गर्नु भयो ।दुइ तिन वटा स्थानीय निकाय मिलेर दक्ष जनशक्ति सहितको अस्पताल निर्माण गरेमा प्रभाकारी हुने स्वास्थ्य तथा जनशक्ति मन्त्री भोजप्रसाद श्रेष्ठको भनाइ रहेकोे थियो । प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले सरकारी निकाय र निजि क्षेत्रको सहकार्यबाट स्वास्थ्य क्षेत्रलाई अगाडि लैजान सकिने बताउनु भयो।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिकाद्वारा पश्चिम् अमवामा संचालित अस्थायी कोभिड अस्पतालले विरामिको मात्रा बढ्न गैइ थेग्न नसक्ने अवस्था आएमा यहि स्वास्थ्य चौकी भवनलाई कोभिड अस्पताल बनाइने बताउनु भयो ।
सियारी गाउपालीका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षतां, लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरी ,एवं अर्घाखाँची सिमेन्ट प्रालिका प्रवन्ध निर्देशक राजेश कुमार अग्रवालको विशिस्ट आतिथ्यता, अर्घाखाँची सिमेन्टका संचालक गौरव अग्रवाल , स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरी ,अमवा कोभिड अस्पतालका कोरोना डा सागर न्यौपानेको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सियारी गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सरिता चौधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

