उर्मिला यादव यात्री/जेठ १२
पश्चिम नवलपरासीमा बुधबार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २१३ र एन्टिजेनबाट १० जना गरी २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, ९ सय २७ पुगेको छ । आज बुधबार सबै भन्दा बढी बर्दघाट नगरपालिकामा ८७ जना महिला र ८९ जना पुरुष गरी एक सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी रामग्राम नगरपालिकामा २३ जना सुनवल नगरपालिकामा १० जना, , सरावल गाउपालिकामा ५ जना, सुस्ता गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र पाल्हिनन्दन गाउपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी बुधबार एक सय ४५ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार तीन सय ३५ पुगेको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार चार सय ६९ रहेको छ । बुधबार कोरोना संक्रमणबाट जिल्लामा २ जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

