नन्दु यादव /जेठ १२,पश्चिम नवलपरासी
काेराेना भाईरसबाट बच्नु पर्छभन्ने मुलनाराका साथ नेपाल सरकारले अहिले देशकाे अधिकाश जिल्लामा निशेधअाज्ञा जारी गरे सगै नवलपरासीमा पनि निशेधअाज्ञा जारि नै रहेकाे छ ।नवलपरासीमा निशेधअाज्ञा पालन गराई राेगबाट अाम जनतालाई बचाउने उदेश्यका साथ प्रहरी सडकमा उत्रेकाे छ ।नेपाल प्रहरी ,सशस्त्र प्रहरीले अहिले अग्रपंक्तिमामा रहेर जनतालाई सुरक्षित राख्न अहम भुमिका खेलिरहेका छन । यसै गरि पश्चिम नवलपरासी पनि सिमा देखि राजमार्ग सम्म हरेक क्षेत्रमा प्रहरी परिचालन गरि जनताहरुलाई जनचेतनामूलक सन्देश दिईरहेकाे छ भने ठाउठाउमा बिनाकामकाे बाहिर निस्किने अाम नागरिकलाई पनि सम्झाई बुझाई गरिरहेकाे छ ।यसै गरि सिमा प्रहरी चाैकि महेशपुरले पनि प्रत्येक दिन यस्ताे घामकाे समयमा पनि जनचेतना अामनागरिकलाई जगाईरहेकाे छ ।बिनाकामकाे बाहिर ननिसिकिन अाग्रह गर्दै अाएकाे छ ।माक्स लगाउने ,समय समयमा साबुनपानीले हातधुने,सेनिटाईजर प्रयाेग गर्ने लगायतकाे कुरा अाम नागरिकलाई चेतनसिल बनाईरहेकाे सिमा प्रहरी चाैकिका ईन्चार्ज टाेपेन्द्र बुढा मगर ले जानकारी दिनु भयाे ।यसै गरि सशस्त्र प्रहरी बल हरपुरले बिअाेपि ले पनि सिमा देखि गाउगाउमा जनचेतना जगाउदै अाएकाे छ ।सडकमा गयर अामनागरिका चेतनशिल हुन अाग्रह गर्दै अाएकाे बिअाेपिका ईन्चार्ज हरेराम शर्मा दाहालले बताउनु भयाे ।यसै गरि ईलाका प्रहरी बर्दघाट ,सुनवल र बेलाटारीले पनि अामनागरिकहरुलाई राेगबाट बच्न निशेधअााज्ञाकाे पालन गरिनुपर्ने कुरामा जाेडदिईदै अाएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक प्रकाश बहादुर सिहले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

