उमेश बि.क / नवलपरासी ,११ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले पालिका अध्यक्ष राधेश्याम चाैधरीले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री वितरण गरेका हुन् ।

यस्तो विषम परिस्थितिमा आम नागरिकलाई कोभिड–१९ बाट बचाउन र संक्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गरिरहेका छन् । तर जिल्ला कारगारका कैदीबन्दीलाई सुरक्षित राख्न बाहिरी संघ–संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाई मध्यनजर राख्दै पालिका अध्यक्ष चाैधरीले ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
यस्तो महामारीका बेला त्रसित भइरहेको कैदीबन्दीहरुलाई निषेधाज्ञाका कारणले स्वास्थ सामग्री र पैसासहित भेट्न उनीहरुको आफन्त आउन सकेका छैनन् । यहाँका विभिन्न सरकारी, गैरसरकारी एवं सामाजिक संघ–संस्थाहरुले नै खासै ध्यान दिन सकेका छैनन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

