Rashtriya Dainik

एविसि नेपालकाे लागि मन्दिर र मदरसा बन्याे जनचेतनाकाे माध्यम

महेश यादव / नवलपरासी / ११ जेष्ठ

पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमण बढ्दै गएपछि नवलपरासीका किशोर किशोरीहरुले एविसि नेपालकाे अार्थिक सहयोगमा काेराेनाबाट बच्ने उपाय र सावधानीकाे विषयमा जिङ्गल बनाई नया माध्यमद्धारा जनचेतना फैलाउदै छन ।

पश्चिम नवलपरासीमा काेराेना भाईरसकाे संक्रमण र मृत्यु दर बढ्दै गएपछि काेराेना बाट बच्नका लागि नवलपरासीका नागरिकहरुमा ठेला,मन्दिर र मदरसाबाट जिङ्गल प्रसारण गरि जनचेतना जगाई रहेको छन । साउण्ड पिकर चाेँगामा काेराेनाबाट बच्ने सावधानीका उपाय र नियमहरुकाे जिङ्गल प्रसारण गरि अाम नागरिकहरुलाई किशोर किशोरीहरुले सचेत गराई रहेका छन।

काेराेना भाईरसकाे विषम परिस्थितिमा मानिसहरुकाे अति अावश्क काम बाहेक अावत जावत गर्नमा राेक लगाउनका लागि नेपाल सरकारले जारि गरेको निषेधाज्ञालाई पालन गर्दै काेराेनाबाट नवलपरासीका मानिसहरुलाई सचेत गराउनका लागि ठेला मन्दिर मदरसामा लगाईकाे साउण्ड सिस्टम र चाेगाबाट जिङ्गल प्रसारण गरि जनचेतना जगाइ रहेको एविसि नेपलका सुपरभाइजर राजमन बरईले बताउनुभयाे ।

उहाँ काेराेना भाईरसकाे विषम परिस्थितिमा कतिपय पत्रपत्रिका र विभिन्न सुचनाका माध्यम बन्द भईसकेकाे हुदा अाम जनसमुदायमा भएको ठेला मन्दिर र मदरसामा अा अाफ्नाे धर्मका कार्यका लागि प्रयाेग गरिने साउण्ड चाेगाबाट अाम जनसमुदायको साथ सहयोगमा काेराेनाबाट बचने उपायबारे जिङ्गल प्रसारण गरि जनचेतना जगाई रहेको सुपरभाइजर बरईले बताउनुभएको हाे ।

नवलपरासीकाे सरावल गाउँपालिका,सुस्ता गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा एविसि नेपाल द्धारा सञ्चालित संवाद केन्द्र र सञ्जालका सम्पूर्ण किशोर किशोरी र तिनका अभिभावकहरुमा जनचेतना जगाउदै काेराेना बाट वचन र स्वास्थ्य सतर्कता अपनाउन एविसि नेपालका सुपरभाइजर राजेश अार्याले अाम जनसमुदायमा अनुरोध गर्नुभएको थियो ।

साथै नवलपरासी जिल्लाका अन्य पालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा पालिका भित्र बसाेबास गर्ने सम्पूर्ण गाउँपालिका बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न सुपरभाइजर अार्याले अाग्रह समेत गर्नु भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित