अर्जुन शाह /बिरगंज / ११ बैशाख
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा न ११ स्थीत रहेका रानिघाट प्रहरी बिट युनिट कार्यालयमा नेपाल खेलकुद महासंघद्वारा स्वास्थ्य समाग्री वितरण गरिएको छ ।
महासंघका केन्द्रीय सचिव रामकिशोर सिंह (पराग)ले स्वस्थ्य समाग्री सनिटाइजर, मास्क र फेस सिल्ड हस्तान्तरण गरेका थिए र केन्द्रीय सचिव सिंह (पराग)का अनुसार हाल सम्म नेपाल खेलकूद महासंघले ६० जिल्ला भन्दा बढीमा स्वास्थ्य सामग्री सहयाेग गरिसकेको र जिल्ला प्रहरी कार्यालय पर्सालाई नेपाल खेलकूद महासंघ केन्द्रीय कमिटिले १ दिन अगाडि नै स्वस्थ्य समाग्री हस्तान्तरण गरिसकेको बताउदै जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु मिलेर जनताका सुरक्षाको लागि अहोरात्र खटिने प्रहरीहरुलाइ सहयोग गर्ने मनस्थितिका साथ जिल्ला प्रहरी कार्यलय बाहेकका सानो सानो युनिटहरुमा सहयोग गर्दै आएको बताउनु भयो।
हस्तान्तरण कार्यक्रममा महासंघ का केन्द्रीय सचिवालय सदस्य सुबोध पौडेल, केन्द्रिय सदस्य अनिल कुमार कलवार (रोसन) र अकलेश साह लगायतका उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

