रंजीत शर्मा/नवलपरासी १० जेठ ।
पश्चिम नवलपरासीको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा अक्सिजनको अभाव हुन नदिने अभियानमा सहयोगी हातहरु बढ्दै गएको छन् ।
यसैक्रममा लायन्स क्लब अफ लेडिज नवलपरासीले ४० वटा अक्सिजनका सिलिन्डर रिफिल गरेर सहयोग गरेको छ ।
लायन्स क्लब अफ लेडिज नवलपरासी कि अध्यक्ष सम्झना चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाकि उपमेयर रम्भा कुँवरको प्रमुख आतिथ्यमा अस्पतालका निमित्त मेसु डाक्टर मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरिएको हो । हिजो पहिलो चरणमा २० र आज द्रोसो चरणमा २० गरी ४० वटा भरिएका सिलिन्डर अस्पताललाई हस्तान्तरण गरिएको क्लबकि अध्यक्ष सम्झना चौधरीले जानकारी दिनुभयो ।
ढ
रामग्राम नगरपालिकाकी उपमेयर एवं क्लबकि प्रथम उपाध्यक्ष कुँवरले अक्सिजनको अभावमा कसैले पनि अकालमा मृत्युुवरण गर्न नपरोस् भन्ने उद्देश्यले क्लबका सदस्यहरु र केही जनप्रतिनिधिहरुबाट रकक संकलन गरि सहयोग गरेको बताउनु भएको छ। आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
पाल्हिनन्दन गाउपालिकाका उपाध्यक्ष एंव लायन्स क्लब अफ लेडिज नवलपरासीकी सदस्य पवित्रा कोहार तथा सरावल गाउपालिकाका उपाध्यक्ष एंव लायन्स क्लब अफ लेडिज नवलपरासीका सदस्य उत्तमा राय दुवैले पालिकाबाट रू. ५ लाख अस्पातालको लागी छुट्टयाएको बताउनु भएको छ ।
उक्त अभियानमा रामग्राम- २ का वडाध्यक्ष चन्द्रिका अग्रहरी,वडा नं ८ का वडाध्यक्ष महेन्द्र ठाकुर,वडा नं ३ का कार्यबाहक वडाध्यक्ष सुरज पाण्डे, वडा नं ५ का वडा सदस्य चन्द्रप्रकाश गुप्ता, वडा नं ४ का वाड सदस्य राजु देवान, हेल्पिङ्ग हेन्ड नवलपरासी संस्थाका अध्यक्ष संजय शर्मा , यूवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अली लगायतको पनि विशेष सहयोग रहेको क्लबले जनाएको छ । लायन्स क्लब अफ लेडिज नवलपरासीमा यश क्षेत्रका महिलाहरुको मात्रै आबद्धता छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

