तुलसी राम पौडेल / सियारी,१० जेठ
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँपालिका अन्तरगत संचालित स्वास्थ्य सेवाको कार्यक्रमको अनुगमन गरेको छ।सोमबार सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित अमवा अस्थायी कोभिड अस्पतालको अनुगमन गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारू ,गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्ती बाट अनुगमन भएको थियोे ।गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले कोभिड अस्पतालमा भर्ना भैइ उपचाररत कोभिडका विरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको थियो ।त्यसै गरी गरी सियारी -६ मिलनचोकमा कोरोना परीक्षणको लागी भैरहेको पिसिआर कार्यक्रम वारे अनुगमन भएको थियोे ।सियारी -६ मिलनचोकमा पिसिआर परीक्षणको लागि ३० जनाको स्वाब निकालिएको थियोे ।अनुगमन कार्यक्रममा गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारू ,वडा अध्यक्ष शेर बहादुर गुरुङ ,वडा सदस्य सन्त बहादुर कुवर , गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीको भुमिका रहेकोे थियो ।सोमबार नै सियारी -६ मदनगन्ज स्थित विबेकशिल आधारभुत विद्यालयमा संचालित नियमित खोपको पनि अनुगमन भएको थियो ।सियारी गाउपालिकाले सियारी वासीको लागि निशुल्क पिसिआर परीक्षण , यातायातको लागि निशुल्क एम्बुलेन्स सेवा दिदै आएको छ।स्वास्थ्य सेवा प्रभावकारी बनाउनको लागि अनुगमन कार्यलाई निरंतरता दिइने गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

