कपिलवस्तु / जेठ १० ।
सोमबारदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ । काेविड संक्रमणकाे अवस्थामा निशुल्क खाना नास्ताकाे व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तरफबाट फुड किचनलाई पचास हजार र अस्पताल लाई एकलाख बराबरकाे स्वास्थ्य सामग्री सहयाेग गर्नुभयाे । त्यस्तै चन्द्राैटाका व्यापारी एवं समाजसेवी विजय जयसवाल ज्युले एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले एकाउन्न सयकाे आर्थिक सहायता दिने जानकारी दिनुभएकाे छ ।
हाल ताैलिहवाकाे जिल्ला अस्पतालमा पनि निशुल्क खाना र नास्ता वितरण संचालन गरिरहेकाे छ। कपिलवस्तु नगरपालिकाकाे सहकार्यमा फुड किचन संचालन गरिएकाे माहुरी हाेमका अध्यक्ष तथा साझा प्रयास अभियनका संयाेजक रवि ठाकुर ले बताउनुभयाे ।
काेराेना संक्रमणका कारण हाेटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदा बिरामीहरु खुशि भएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरी बताउँछन् । उनले ANTA संस्थालाई धन्यवाद दिदै सहयाेगी सबै याे विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुराेध गर्नुभएकाे छ । हाल संचालनमा रहेका फुड बिचनहरुले बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरेकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

