महेश यादव / नवलपरासी / १० जेष्ठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर – ४ मा किशोर किशोरीहरुले मुठ्ठी दान गरेको छन ।
एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनद्धारा सरावल गाउँपालिकामा सञ्चालित कालिका संवाद केन्द्र , बालिका समृद्धि संवाद केन्द्र र शक्ति संवाद केन्द्रकाे संयुक्त अायाेजनामा तथा स्थानीय बासिहरुकाे साथ सहयोगमा मुठ्ठी दान गरिएकाे हाे ।
सवाद केन्द्रका एनिमेटर नितु पाण्डेय , अायसा खातुन र लवकेश हरिजन लगाएतका किशोर किशोरीहरुकाे अगुवाइमा नयाँ भेेरियन्ट सहितको कोरोनाबाट संक्रमित भएको र मृत्यु भएका गरिब बिपन्न परिवारलाई सहयोग गर्ने उदेश्यले मुठ्ठी दान गरिएको हाे ।
साे मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेर जम्मा गरिएको रकम एवम् अन्न संकलनबाट दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित भएको र मृत्यु भएका त्यस्ता गरिब तथा बिपन्न परिवारहरुलाई सहयोग पुग्ने बताइएको छ ।
साथै नयाँ भेरियन्टले गर्दा गरिब तथा काेराेना संक्रमणले ज्यान गुमाएका केही गरिब र बिपन्न परिवारहरुलाई एक छाक टार्ने मद्दत गर्ने उदेश्यले याे मुठ्ठी सञ्चालन गरेको कालिका संवाद केन्द्रकी एनिमेटर नितु पाण्डेले बताएईन ।
मुठ्ठी दान कार्यक्रम सञ्चालन गरेर संकलन गरिएको धान , गैहु र चामल बाट गरिब तथा विपन्न मानिसहरुलाई सहयोग गरि उनिहरुकाे दैनिक जीवन अापन गर्नमा सहयोग पुग्ने छ । साथै गरिबी रेखामुनि याे महामारीको विषम परिस्थितिमा बाच्नलाई कठिन भएको ती गरिक विपन्न परिवारकाे बाल बच्चा र अामा बुबा भाेखाे पेट बस्न नपराेस भनी याे कार्यक्रम गरिएको शक्ति संवाद केन्द्रबा एनिमेटर लवकेश हरिजनले बताउनुभएको हाे ।
दाेस्राे चरणको नयाँ भेरियन्टले गर्दा मानिसकाे जनजिवन लाई ठुलाे असर परेकाले यश भाईरस बाट बचनलाई नेपाल सरकारले जारि गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञाकाे पालन गरि स्वास्थ्य सतर्कता अपनाई किशोर किशोरीहरुकाे र अाम जनसमुदायकाे सहयोगमा गरिब तथा विपन्न परिवारलाई टेवा पुग्ने उदेश्यले मुठ्ठी दान सञ्चालनमा ल्याएको बालिका समृद्धि संवाद केन्द्रकि एनिमेटर अायसा खातुनले बताएकी हुन ।

हालसम्म मुठ्ठी दान कार्यक्रमबाट ४० केजि गैहु र ६० केजि चामल संकलन भईसकेकाे छ । साथै सरावल गाउँपालिकामा सञ्चालित १५ वटा संवाद केन्द्रका किशोर किशोरीहरुकाे र अाम जनसमुदायको साथ सहयोगमा याे अभियान निरन्तर रुपमा जारि रहेको एविसि नेपालकाे सुपरभाइजर साईदा निशा पठानले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

