बारा ९ जेष्ठ। बाराको विभिन्न नाका हुँदै प्रहरीले तस्करीको लाइन खुल्ला गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही ठकुरीलाई झुक्याउदै प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बाराको विभिन्न नाका हुँदै तस्करीको लाइन खुल्ला गरेका हुन ।
तराइ लगायत मुलूक भरीका जनता कोरोना जस्तो महामारीको चपेटामा परेपनी प्रहरी नायब उपरीक्षक गौतम मिश्रले आर्थिक प्रलोभनमा परि सीमा नाकाहरूबाट अबैध कारोबार गर्न छुट नै दिएका छन । सुरू देखि नै आर्थिक लोभमा पर्ने गरेका डिएसपी गौतमले प्रहरी नायब निरीक्षक उपेन्द्र साहलाइ आर्थिक कारोबार गर्नको निम्ति खटाइएको बुझिन्छ ।
बाराको प्रहरी नायब निरीक्षक उपेन्द्र साहलाई खटाउन साथ जिल्लाको विभिन्न नाका हुँदै तस्करीको लाइन सुचारू भएको पाइन्छ । बलिरामपुर नाका हुदै कुख्यात तस्कर सुरेन्द्रले भैसीको कारोबार गरिरहेका छन भने दिपक भनिने कपडाको तस्करी गरिरहेको स्थानीयले बताएका छन । यता मटिअर्वा, छतवा, सिम्रौणगढ, कचोर्वा, कवहिगोठ लगायतको ठाउबाट मासिक करीब २० लाख मासिक डिएसपी गौतम मिश्र बुझेको प्रहरी श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ठकुरी कोरोनाको लक्षण देख्नसाथ होम क्वारेन्टाइन बसिरहेको मौका छोपी तस्करीको लाइन खुल्ला गरिएको बुझिन्छ । यस बिषयमा जिल्ला प्रमुखको साथ साथै माथिल्लो निकायको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

