राजन कुमार बानिया
पर्सा ३१ भदौ
सशस्त्र प्रहरीले पर्साको अलौबाट ९ किलो ५ सय ग्राम लागूऔषध चरेससहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट मंगलबार खटिएको मोबाइल गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा चरेस बरामद गरेको हो।
चेकजाँचका क्रममा मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा २१ वटा पोकामा रहेको चरेस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चरेसको कुल तौल ९ किलो ५ सय ग्राम रहेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार चरेससहित भारत घर भएका एक युवकलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट एक थान मोबाइल फोन र लागूऔषध ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलसमेत बरामद गरिएको छ।
पक्राउ परेका युवकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मंगलबार नै वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको नायब उपरीक्षक निरौलाले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

