राष्ट्रिय दैनिक / नवलपरासी
राष्ट्रिय प्रजातन्त्र पार्टी सुस्ता गाउँ कार्यसमितिले एक कार्यक्रमका बीच राहत वितरण कार्यक्रम गरेको छ।
दुई साता पुर्व नारायणी नदीमा आएको बाढीले नदी नियन्त्रणको मुख्य बाध भत्काइ सुस्ताको थारु टोलमा पानी पसेपछि विस्थापित परिवारको राहतको लागि खाद्यान्न,दैनिक उपभोगका सामाग्री सहित लत्ताकपडा लयागत सामाग्री वितरण गरेको हो।
सुस्ताका बाढीपीडित ७९ परिवारलाई सुस्ता स्थित कुडियामा उक्त राहत सामाग्री वितरण गरिएको थियो।
राप्रपा सुस्ताका अध्यक्ष गोबिन्द कुमार जोशीको अध्यक्षतामा राप्रपाकै केन्द्रीय सदस्य भरत पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
सो अवसरमा केन्द्रीय सदस्य पाण्डेले बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा वितरण गरिएको बताउदै उहाँले सुस्ता भूमीको रक्षा गर्न नेपाल सरकारले ठूलो धनराशि खर्च गरेपनि निर्माण कार्य गुणस्तरहीन भएको हुँदा नदीको पानी सुस्तामा पसेकोले यसतर्फ स्थायी रुपमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनु भयो।
कार्यक्रममा राप्रपाकी अर्की केन्द्रीय सदस्य देवी ज्ञवाली,राप्रपा नवलपरासीका अध्यक्ष रामभवन यादव, राप्रपा महिला संघकी जिल्ला अध्यक्ष तुल्सा भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
सुस्तामा बाढी पसे लगत्तै राप्रपाका कार्यकर्ताहरुले पीडित परिवारको वास्तविक तथ्यांक संकलन गरी पार्टीका नेताकार्यकर्ताको सहयोगबाट प्राप्त राहत सामाग्री वितरण गरिएको राहत वितरण तथा संकलन अभियानका जिल्ला संयोजक रमेश क्षेत्रीले जानकारी दिनुभएको छ।
सो अवसरमा राप्रपा जिल्ला समितिका सदस्य क्षेत्रीय पदाधिकारी र पालिका गाउँ कार्यसमितिका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेकोे थियो।
राहत वितरण कार्यक्रम लगत्तै राप्रपा जिल्ला अध्यक्ष रामभवन यादवले हाम्रो समाचार प्रमुख आर.पि. उपाध्याय संग संक्षिप्त कुराकानी गर्दै राप्रपा संगठनलाई चुस्त रुपमा अगाडि बढाउने बताउदै भोटेकोसीमा आएको बाढीले ठूलो धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गर्दै सुस्तामा आएको बाढीले नेपाल भारतको अस्थायी सिमाना सिमलको बोट लगाएपछि उत्पन्न समस्यालाई समाधान गर्न नेपाल सरकार र भारत सरकारको तत्काल ध्यानाकर्षण गर्नुपर्ने तथा यथाशीघ्र सिमाङ्कनको कार्य पनि गर्नुपर्ने जिकिर गर्नुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

