काठमाण्डौ ९ जेष्ठ।
एकता लेडिज जेसिस, काठमाण्डौको अध्यक्षमा श्रुति घिमिरे सर्वसम्मतिबाट चयन हुनु भएको छ ।
कोभीड-१९ को संक्रमण महामारी चलिरहेको समयमा भर्चुअल माध्यमबाट भएको छलफलबाट वर्ष २०७८कोलागि घिमिरेलाई सर्वसम्मतिबाट अध्यक्ष पदको जिम्मेवारी दिइएको हो ।
नवगठित कार्य समितिको उपाध्यक्षमा मलिना पाण्डे, सचिवमा एलिसा पौडेललाई चयन गरिएको छ भने अस्मिता पन्त कोषाध्यक्ष पदमा सर्वसम्मतिले चयन हुनु भएको हो ।
नव गठित कार्यसमितिका अध्यक्ष श्रुती घिमिरेले आफ्नो कार्यकालमा जेसिसको सिद्धान्त अनुसार अगाडी बढ्ने तथा समाजिक क्षेत्रमा उच्चतम सेवाभावसहित प्रस्तुत हुने प्रतिवद्धता जनाउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

