राजन कुमार बानिया
पर्सा
धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाको सरुवा भएको छ। खतिवडाको सरुवापछि उहाँको स्थानमा सञ्जीव कुमार यादव प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउने भएका छन्।
गाउँपालिकाको प्रशासनिक नेतृत्वमा हुने यो परिवर्तनसँगै स्थानीय तहको सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन तथा विकास निर्माणका काममा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ।
खतिवडाको सरुवा भएसँगै गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा यादवको आगमन हुने भएपछि कर्मचारी तथा जनप्रतिनिधिबीच पनि चासो बढेको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवले गाउँपालिकाको प्रशासनिक कामलाई कसरी अघि बढाउनेछन् भन्ने विषयमा स्थानीयवासीको समेत ध्यान केन्द्रित भएको छ।
धोबिनी गाउँपालिकामा पछिल्लो समय प्रशासनिक तथा राजनीतिक विषयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, सरुवाको औपचारिक पत्र, कार्यभार हस्तान्तरण तथा यादवले पदभार ग्रहण गर्ने मितिबारे सम्बन्धित निकायबाट थप विवरण आउन बाँकी रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

