दोरेन्द्र खड्का/ बझाङ शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै बझाङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेबिसंघ बझाङ का नेता तथा कार्यकर्ताहरूले असंवैधानिक कदमको विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।
आइतबार बझाङ को सदमुकाम चैनपुर को लोकतान्त्रिक चोकमा नेबिसंघ बझाङ का सभापति दिपक भणडारि को नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो ।
राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन गर्दै मनोमानी रुपमा अध्यादेश ल्याई मुलुकलाई द्वन्द्वमा धकेल्ने कु चेष्टा गरेकोले त्यसको विरोधमा पुतला दहन गरिएको निबिसंघ का सभापति भण्डारी बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

