Rashtriya Dainik

सडकमा खाल्डो भएपछि अल हुदा संस्था ( मानव सेवा संस्था) का युवाहरुले गरे बाटो मर्मत

उमेश बि.क/ नवलपरासी ,९ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ खड़ौनाकाे सडकमा ठूला-ठूला खाल्डो भएपछि अल हुदा ( मानव सेवा संस्था) का युवाहरुले बाटो मर्मत गरेका छन ।

जय बजरंग इटटा उद्योग (U.B.I.) को म्यानेजर जन्मेजय यादवकाे इट्टा सहयोगमा संस्थाका अध्यक्ष अताउर रहमानकाे नेतृत्वमा खड़ौनाकाे सडकमा ठूला-ठूला खाल्डो इट्टाले पुरिएको समाजसेवी गाेबरी यादवले जानकारी दिनुभएको हाे।

साे क्षेत्रकाे मुख्य सडकमा नै खाल्डा खुल्डी भएकाे कारण दिनानुदिन दुर्घटना बढ्दै गएकाेले समाजिक उतरदायित्व निर्वाह गर्दै बाटो मर्मत गरिएको संस्थाका अध्यक्ष अताउर रहमानले बताएका हुन।

संस्था मार्फत बाटाे मर्मत भएपछि अावत जावत गर्न र बिरामी बाेक्न सहज हुने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित