Rashtriya Dainik

सशस्त्र प्रहरी बल (बिओपी) भन्सारको मिलोमतोमा व्यापक तस्करी

वीरगंज ९ जेठ

सशस्त्र प्रहरी बल (बिओपी) भन्सारको मिलोमतोमा लत्ताकपडा ,मदिरा , कबाड , हाडयेवर लगाएतको सामानहरुको व्यापक रुपमा तस्करी शुरु भएको छ।

विश्वब्यापी महामारीको रुप लिईरहेको कोभि–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले विगत बैशाख १७ गते देखि लकडाउन गरेपनि देशके मुख्य नाका वाट नागरिक लाई सहज रुपल भारतवाट नेपाल भित्राउने सरकारले दिएको छुटको फाईदा उठाउदै सशस्त्र प्रहरी बल बिअोपी भन्सारका सशस्त्र प्रहरी निरीक्षक स्वर्ण बमले तस्करीको लाईन दिएको समाचार प्राप्त भएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले १३ नम्बर गणको प्रमुख भई कार्यभार सम्हालेको दिन देखि नै विगत केही बर्ष पहिला देखि बन्द रहेको तस्करी अहिले पर्सा जिल्लामा फष्टयाएको छ।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल १३ नम्बर गण प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्का पर्सा जिल्लाको जिम्मेवारी सम्हालेका दिन देखि नै सशस्त्र प्रहरी बल (बिओपी) भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बम मार्फत लाखौं रुपैयाको नजराना बुझि तस्करीको लाईन सुचारु गराउदै आएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक खड्काले वीरगंज भन्सारको छेउ छाऊमा रहेको नाकाहरुवाट तस्करी गराउनको लागि बिअोपीका ईन्चार्जहरु सित महगो ब्रान्डका रक्सी पसलवाट मागेर स्वयम् खड्काले अाफै सशस्त्र प्रहरी बल बिअोपी वीरगंज भन्सामा बेलुका पुगेर मासु रक्सी खाने गरेको सशस्त्र प्रहरीको स्रोतले जनाएको।

प्रहरी उपरीक्षक खडकाको गैर जिम्मेवारीको कारणले पर्सा जिल्लाको विभिन्न नाकाहरुवाट तस्करीको सामानहरु भारतवाट नेपालतर्फ भित्राएका सामानहरु वीरगंजको विभिन्न ट्रान्सपोर्टाहरुले परावनीपुर , जितपुर , सिमरा , नारायणगढ , हेटौंडा र काठमाणडौ सम्म पुर्‍याउने गरेको नाम नछाप्नने सर्तमा एक तस्करीले जनाएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश नम्बर दुई प्रमुख डिआईजी चन्द्र प्रकाश गौतमले पुर्णरुपले तस्करी बन्द गरन निर्देशन दिए पनि सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षक बम्मले निर्देशन विपरीत डिआईजी गौतमको नाऊमा लाखौं रुपैया तस्करहरु संग असुली गरि भन्सारको पछाडि नाकावाट रातिको समयमा भारतवाट नेपाल तर्फ गाई, भैसी , र लत्ताकपडा, हाडयेवर र नेपालबाट पेट्रोल , डिजल, मदिरा लगाएतको सामानहरुको तस्करी भईरहेको प्रत्यक्षदर्शिहरुले बताएका छन्।

सशस्त्र प्रहरी उपरीक्षक खड्काले डिअाईजि साहेबको (स्कवाड) टोलीको नाऊमा लाखौं रुपैया नजराना बुझि तस्करीको लाईन दिएको एक व्यापारीले बताएका छन्।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खडका र सशस्त्र प्रहरी निरीक्षक बम जस्ता प्रमुखहरुको कारणले पूरा संगठन बदनाम भइरहेको हुनाले यश गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित