उर्मिला यादव यात्री/जेठ ८
पश्चिम नवलपरासीमा शनिबार एक सय ३५ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ६५ पुगेको छ । यस्तै गरी आज जिल्लामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ५६ र एन्टिजेनबाट ३ जना गरी ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, पाच सय ५८ पुगेको छ । आज शनिबार सबै भन्दा बढी सुनवल नगरपालिकामा १४ जना महिला र ७ जना पुरुष गरी २१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा १७ जना, रामग्राम नगरपालिकामा ५ जना, सरावल गाउपालिकामा ४ जना, प्रतापपुर गाउपालिकामा १ जना र सुस्ता गाउपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा शनिबार पनि कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ७९ रहेको छ । शनिबार कोरोना संक्रमणबाट जिल्लामा तीन जनाको ज्यान गएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय चौध पुगेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

